24.1 C
Kathmandu
Saturday, July 27, 2024

क्रिकेटर सन्दीप लामिछानेले विश्वकप खेल्न पाउने

काठमाडौं क्रिकेटर सन्दीप लामिछाने आइसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्न पाउने भएका छन् । उक्त खेलको लागि उनि वेष्टइण्डिज प्रस्थान गरेका छन्।

नेपाल क्रिकेट संघ क्यानका अनुसार अमेरिकाले भिसा नदिएपछि जान नपाएका सन्दीप वेष्टइण्डिजमा हुने दुई वटा खेलमा नेपाली टोलीबाट मैदान उत्रिने छन् ।

नेपालले वेष्टइण्डिजमा दक्षिण अफ्रिका र वंगलादेशसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ। क्यानका सचिव पारस खड्काका अनुसार दुवै खेलमा सन्दीपले सहभागिता जनाउनेछन् ।

बलात्कार मुद्दामा उच्च अदालतले सफाइ दिएसँगै सन्दीपलाई विश्वकप खेल्ने आधिकारिक १५ जनाको टोलीमा समावेश गरी अन्तिम नामावली आईसीसीलाई बुझाएको क्यानले उल्लेख गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज