24.1 C
Kathmandu
Saturday, July 27, 2024

प्रधानमन्त्री प्रचण्ड रमोदीबीच भेटवार्ता, के-के विषयमा भयो छलफल

काठमाडौं- भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

आइतबार बेलुका उनिहरुको भेटवार्ता भएको हो । भेटमा नेपाल–भारतबीच रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो।

सो अवसरमा दुई प्रधानमन्त्रीबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको विषयमा विचार विमर्श भएको थियो । प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ भएको सपथ ग्रहण समारोहमा सहभागी भएका थिए ।

प्रधानमन्त्री प्रचण्डका साथमा उनकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल लगायत उच्चपदस्थ सरकारी अधिकारी पनि छन्। प्रधानमन्त्री प्रचण्ड सोमबार साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज