आजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द

2

काठमाडौ। आजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आधा घण्टा उडान तथा अवतरण बन्द हुने भएको छ ।

विमानस्थल बन्द हुने समय दिउँसो १ देखि साढे १ बजे सम्म रहेको छ । हवाई उडान, सुरक्षा, मेडिकल एवं उद्धारसँग सम्बन्धित अभ्यास गर्न विमानस्थल बन्द गर्न लागिएको हो ।

विमानस्थल वरिपरिको आकाशमा धुवा साथै दमकल, सुरक्षाकर्मी र एम्बुलेन्स तथा अन्य गतिविधिको अभ्यास गरिने बताइएको छ । विमानस्थल संकटकालीन योजनाको अभ्यास गरिनुपर्ने अन्तर्राष्ट्रिय नागरिक उड्ड्यन संगठनको मापदण्ड र एयरपोर्ट इमजेन्सी प्लानअनुसार उक्त कार्य गर्न लागिएको हो ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here