25.1 C
Kathmandu
Saturday, July 27, 2024

गजुरीबाट हराएका किशोरको शव फेला

काठमाडौं । धादिङको गजुरी गाउँपालिका–५ स्थित घाटवेशीबाट हराएका १५ वर्षीय किशोरको शव भेटिएको छ । त्रिशूलीको २० फिट गहिराइबाट युनिक सुवेदीको शव निकालिएको प्रहरीले जनाएको छ ।
जेठ २६ मा घाटवेशीबाट सुवेदी र १३ वर्षीय रिदम कोइराला हराएका थिए । सशस्त्र प्रहरी बलको गोताखोर टोलीले सुवेदीको शव निकालेको हो । कोइरालाको अवस्था अझै अज्ञात छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज