25.1 C
Kathmandu
Saturday, July 27, 2024

सुरक्षा अधिकाहरुलाई गृहमन्त्री लामिछाने निर्देशन- सबै कुरा जान्दा–जान्दै नियन्त्रण गर्न नसके सुधारका कार्ययोजना बनाउनुस्

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राजश्व चुहावट तथा अवैध ओसारपसार नियन्त्रणमा काम गर्नको लागि सुरक्षा निकायका अधिकाहरुलाई निर्देशन दिएका छन् ।

बिराटनगरमा आयोजित राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी प्रदेशस्तरीय छलफलमा लामिछानेले राजश्व चुहावट नियन्त्रणमा निर्देशन दिएका हुन् ।

‘भन्सारमा कसरी अबैध काम भइरहेको छ र? गैर–व्यवसायिक काममा को–को संलग्न छन् र? उनीहरु कानूनको कुन कमजोर पक्षको फाइदा उठाइरहेको छन् र?’ अधिकारीहरुलाई प्रश्न गर्दै मन्त्री लामिछानेले भने, ‘सबै कुरा जान्दा–जान्दै पनि गलत क्रियाकलाप नियन्त्रण गर्न नसक्नुबारे गम्भीर समीक्षा गरेर सुधारका कार्ययोजना बनाउनुस् ।’

जिल्लामा अबैध गतिविधि भइरहने तर नियन्त्रणको कानूनी अधिकार भएका सुरक्षा अधिकारीहरु त्यसैलाई टुलुटुलु हेरिरहने प्रवृत्ति स्वीकार्य नहुने उनले बताए । अधिकार प्रयोगमा हिचकिचाउने र जिम्मेवारी पन्छाउने कर्मचारीविरुद्ध कठोर हुने चेतावनी लामिछानेले दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज