28.1 C
Kathmandu
Saturday, July 27, 2024

कलंकीमा नक्कली नोटसहित एक महिला पक्राउ

काठमाडौं- काठमाडौं महानगरपालिका–१४ कलंकीमा नक्कली नोटसहित एक महिला पक्राउ परेकी छन् । शनिबार राति चिया पसल सञ्चालन गरी बस्ने तारादेवी डंगोललाई नेपाली एक हजार दरको ५ सय १५ थान नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौंबाट खटिएको प्रहरीले सूचनाको आधारमा जिल्ला प्रहरी परिसरउनको पसल तलासी गर्दा उक्त नोट फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज