28.1 C
Kathmandu
Saturday, July 27, 2024

कर्णालीको झोलुंगे पुलमा फसे १३ वटा खच्चर, उद्दार गर्न कठिन

काठमाडौं । दैलेखको कर्णाली नदीको झोलुंगे पुलमा १३ वटा खच्चर फसेका छन्।

दैलेखको आठबिस नगरपालिका–४ खिड्कीज्युला र अछामको पञ्चदेवल नगरपालिका जोड्ने झोलुंगे पुलको जालीबाट खुट्टा छिर्दा १३ वटा खच्चर दुई घन्टादेखि फसेका छन्।
आइतबार बिहान पञ्चदेवल नगरपालिकातर्फबाट सामान लिन आठबिस नगरपालिकाको राकम बजार आउँदै गर्दा पुलको छेउको जालीमा खच्चर फसेको आठबिस नगरपालिका वडा नम्बर ४ का वडाध्यक्षले जानकारी दिएका छन् ।

स्थानीय दीलबहादुर थापाका अनुसार पुलको हिँडने भाग एकातर्फ झुकेको छ। उक्त भाग झुकेपछि खच्चरका खुट्टा जालीमुनि परेको उनले बताए।
‘पुलको जाली फुस्किएर खच्चरहरू छिरेका छन्, उद्दार गर्न पनि त्यति सम्भव देखिँदैन,’ थापाले भने, ‘खच्चरहरू रक्ताम्य भइसके, उद्दार गरे पनि कतिपय खच्चर मर्छन होला, उद्दार गर्न नसकिए सबै मर्छन्।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज