30.1 C
Kathmandu
Saturday, July 27, 2024

प्रचण्ड भारत जानुअघि बालुवाटार पुगे ओली

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली आइतबार बिहान लगभग साढे १० बजे बालुवाटार पुगेका थिए।

भेटमा समसामयिक राजनीतिक, बजेट, प्रदेश सरकार लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

त्यस्तै, प्रधानमन्त्री प्रचण्ड आजै भारत प्रस्थान गर्दैछन्। भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सभागी हुन प्रचण्ड दिउँसो १ बजेर २५ मिनेटमा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ। त्यसअघि ओलीले प्रचण्डसँग भेट गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज