28.1 C
Kathmandu
Saturday, July 27, 2024

सुनको मूल्यमा भारी गिरावट

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । शुक्रबारको तुलनामा साताको पहिलो दिन आज सुन तोलामा ४ हजार रुपैयाँले घटेको हो । धेरैपछि एकैदिन ४ हजार रुपैयाँले घटेको हो ।

शुक्रबार प्रतितोला एक लाख ४५ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य घटेर आज १ लाख ४१ हजार निर्धारण भएको छ । यस्तै तेजाबी सुन आज १ लाख ४० हजार ३ सय रुपैयाँ तोकिएको छ।
यसैगरी चाँदीको मूल्य पनि तोलामा ७५ रुपैयाँले घटेको छ। शुक्रबार एक हजार ९ सयमा कारोबार भएको चाँदी आज एक हजार ८सय २५मा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज