25.1 C
Kathmandu
Saturday, July 27, 2024

दुर्गमका विद्यार्थीलाई लक्षित गरी बाआमा पढाउने कार्यक्रम ल्याइदिन सांसद रोशन कार्कीको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले शिक्षा मन्त्रीलाई दुर्गमका विद्यार्थीलाई लक्षित गरी बाआमा पढाउने कार्यक्रम ल्याइदिन आग्रह गरेकी छन्।

प्रतिनिधिसभामा मन्त्रालयगत बजेट शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

‘जसले गर्दा विद्यार्थीले खर्च गर्न केही पैसा पनि पाउँछन्, आफ्ना बाआमालाई पढाउँछन् पनि’, उनले भनिन्, ‘यसले विद्यार्थीलाई हौसला पनि दिन्छ। यो एउटा कार्यक्रम थपिदिनुस् न।’

उनले विद्यालयको म्यापिङ गर्न पनि शिक्षा मन्त्रीको ध्यानाकर्षण गराइन्। विद्यालय घरदेखि टाढा विद्यार्थीको पहुँचभन्दा बाहिर रहेको भन्दै उनले पायक पर्ने स्थानमा एकीकृत गर्न आग्रह गरिन्।

विद्यालयका जग्गा भवनलगायतका सम्पति अहिले पनि भुमाफियाको कब्जामा रहेको भन्दै त्यसलाई फिर्ता ल्याउने पहल गर्न पनि शिक्षा मन्त्रीलाई उनले आग्रह गरिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज