25.1 C
Kathmandu
Saturday, July 27, 2024

चार महिनाअघि हराएका छ वर्षीय निर्भिकको अवस्था अझै अज्ञात

काठमाडौं । सुनसरी जिल्ला, धरान उपमहानगरपालिका–८ का गोविन्द तामाङले आफ्नो हराइरहेको नाती निर्भिक तामाङको खोजी गरिदिन आग्रह गरेका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पक्रकार सम्मेलनमार्फत उनले आफ्नो ६ वर्षीय नातीको खोजी कार्यमा सहयोग गरिदिन आग्रह गरका हुन् ।

निर्भिक २०८० माघ २२ गते गोविन्द र उनीकी आमा सम्झनासँग मावली घर इलाम जिल्लाको रोङ्गे गाउँपालिका दुधेखोला आएका थिए । सानीआमाको विवाहमा आएका निर्भिक गत माघ २५ गतेदेखि बेपत्ता छन् ।
गोविन्दको भनाइअनुसार मावली घरको हजुरआमा पर्ने दिलमाया तामाङले निर्भिकलाई लिएर गएकी थिईन् । निर्भिकलाई लिएर गएकी दिलमाया एक्लै फर्किएको र उनको अवस्था अहिलेसम्म अज्ञात रहेको गोविन्दले बताए ।

दिलमायालाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान गरी छाडेको छ । गोविन्दले आफ्नो नातीलाई जसले लगेको भएपनि आफ्नै बच्चा जसरी राखिदिन आग्रह गरे । गोविन्दले आफ्नो नाती निर्भिकको खोजी कार्यमा सहयोग गरिदिन सरोकारवालाहरुसँग अपिल गरे ।

उनले भने, ‘कसैले त्यो बच्चालाई लगेको छ भने ल्याइदिनुहोला । गलत तरिकाले लगेको भएपनि तपाईहरुले त्यसलाई राम्रोसँग खानपिन गराएर राखिदिनु होला । त्यो खर्च भएको हामी पछि दिनेछौं ।’

धरान उपमहानगरपालिका–८ का वडा अध्यक्ष धनबहादुर राईले पनि बालक खोजी कार्यमा सहयोग गरिदिन आग्रह गरे ।उक्त घटनाले विगत चार महिनादेखि वडाबासीलाई नै दुःखी बनाएको प्रतिक्रिया दिए । आफूहरुले निर्भिकको खोजी कार्यमा उनको परिवारलाई सक्दो सहयोग गरेको पनि उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज