नेप्से ३३.१५ अंकले बढ्यो, सबै समूहगत सूचकमा हरियाली

4

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार ३३.१५ अंकले बढेर २११५.२४ विन्दुमा बन्द भएको छ । यस दिन नेप्से उच्च अंकले बढेसँग सबै परिसूचक हरियाली भएका छन् । गत सोमबारको तुलनामा नेप्से १.६९ प्रतिशतले वृद्धि भएको हो ।

नेपाल स्टक एक्सचेन्ज ९नेप्से०का अनुसार मंगलबार पाँच अर्ब ५५ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार पाँच अर्ब ४९ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
यसदिन २०३ कम्पनीको सेयर मूल्य बढेको छ भने ४१ कम्पनीको सेयर मूल्य घटेको छ । एसियन हाइड्रोपावर र दोर्दी खोला जलविद्युत् कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

मंगलबार बरूण हाइड्रोपावर, ग्रीनभेन्चर, कुथेली बुखरी स्मल हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

मंगलबार कारोबारमा आएका १३ वटै समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि हाइड्रोपावर समूहको भएको छ । यो समूहको परिसूचक २।५८ प्रतिशतले वृद्धि भएको छ ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here