25.1 C
Kathmandu
Saturday, July 27, 2024

पार्टीको महाधिवेशनबारे अहिले चर्चा उपयुक्त नहुने प्रकाशशरण महतको तर्क

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टीको आगामी महाधिवेशनबारे अहिले चर्चा उपयुक्त नहुने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले वडा तहबाटै प्रक्रिया सुरू नभएकाले नेतृत्वबारे छलफल गर्न उपयुक्त समय नभएको बताएका हुन् ।

पार्टी सभापतिमा त गगन थापाको चर्चा छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘महाधिवेशन धेरै टाढा छ । व्यक्तिबारे म जान चाहन्न । इच्छा राख्ने धेरै छन् । समय आएपछि आआफ्नो आकांक्षा प्रस्तुत गर्छन् । पार्टीका प्रतिनिधिले निर्वाचित गर्छन् । अहिले वडा तहमा त सुरू भएको छैन । समय बाँकी छ। त्यसैले अहिले चर्चा गर्नुको कुनै अर्थ छैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज