25.1 C
Kathmandu
Saturday, July 27, 2024

लाचार भएर मन्त्रीको ढोकामा आत्मसम्मान गिराउनुपर्ने प्रवृतिको अन्त्य हुनुपर्ने बद्रीप्रसाद पाण्डेको टिप्पणी

काठमाडौं । नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले लाचार भएर मन्त्री र कर्मचारीको ढोकामा आत्मसम्मान गिराउनुपर्ने प्रवृतिको अन्त्य हुनुपर्ने टिप्पणी गरेका छन् ।’

मंगलबार प्रतिनिधि सभामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको बजेटमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

अर्थमन्त्रीको प्राथमिकता, नीति तथा कार्यक्रम र बजेटमा तादम्यता नरहेको उल्लेख गर्दै उनले भने, ‘मन्त्रीले आफ्नो निर्वाचन क्षेत्र हेर्ने प्रवृति दोहोरिएको छ । यसले समाजवादउन्मुख बजेट गर्ने कुरामा उपहास भएको छ ।’

पहुँचका आधारमा योजना र बजेट तर्जुमा गर्दा अन्य सांसदहरू निरीह हुन पुगेको उनको भनाइ छ ।

‘चुनावमा सबै दिने भनेर आउँछौं तर सांसद भएपछि माग्ने जस्तो हुन्छौं,’ उनी थप्छन्, ‘सांसदले के काम गर्ने हो त्यसमा क्लियर गर्नुपर्छ । हामी विधायक हौं र कानुन बनाएर मात्रै रहन्छौं भन्ने हो भने यही संसदले संकल्प गर्नुपर्छ । होइन भने सांसदले लाचार भएर मन्त्री र कर्मचारीको ढोकामा आत्मसम्मान गिराउनुपर्ने प्रवृतिको अन्त्य हुनुपर्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज