30.1 C
Kathmandu
Saturday, July 27, 2024

खेलकुदमन्त्री श्रेष्ठक संसदमा अनुपस्थित, मन्त्रालयगत बजेटमाथिको छलफल कार्यसूचीबाटै हटाइयो

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको उपस्थीत भएका छैनन् ।

युवा तथा खेलकुद मन्त्रालयको बजेटमाथिको छलफलमा सम्बन्धित भएपनि मन्त्री अनुपस्थित रहेका छन् ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बजेटमाथिको छलफल सुरु भएलगत्तै सम्बन्धित मन्त्री अनिवार्य रुपमा उपस्थित हुनुपर्ने भनेर माग राखेका हुन् ।

खेलकुदमन्त्री अनुपस्थित रहेपछि मन्त्रालयगत बजेटमाथिको छलफल कार्यसूचीबाटै हटाइएको छ ।सभामुख देवराज घिमिरेले युवा तथा खेलकुद मन्त्रालयको बजेटमाथिको छलफल गर्ने कार्यसूची नै हटाइदिएका हुन् । मंगलबार चारवटा मन्त्रालय अन्तर्गत विनियोजन भएको बजेटमाथि छलफल गर्ने कार्यसूची रहेपनि युवा तथा खेलकुद मन्त्रालयको भने यसबाट हटेको छ ।

बाँकी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको बजेटमाथि छलफल चलिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज