25.1 C
Kathmandu
Friday, July 26, 2024

नीति कार्यक्रमकै आधारमा बजेट ल्याए पारित हुन नदिने सुदूरपश्चिम कांग्रेसको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारले नीति तथा कार्यक्रम अनुसारकै बजेट ल्याए पारित हुन नदिने चेतावनी दिएका छन् ।

कांग्रेस प्रदेश संसदीय दलले मंगलबार धनगढीमा पत्रकार सम्मेलनमा गरी नीति तथा कार्यक्रमअनुसारकै बजेट ल्याएमा प्रतिवाद गर्ने पारित गर्न नदिने चेतावनी दिएका हुन् ।

प्रदेश सरकारले ल्याएको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम गलत ढंगले आएको बताउँद‌ं त्यसैलाई आधार बनाएर आउने बजेट स्वीकार्य नहुने संसदीय दलका नेता कमलबहादुर शाहले बताए ।

‘यो सरकारले पुराना महत्त्वपूर्ण विषय कटाएर नीति तथा कार्यक्रम ल्याएको छ । यसमा समेटिएका धेरै कुरा बजेटमा आउनु हुँदैन, शाहले भने,’ ‘ती विषय समेटेर बजेट ल्याइयो भने बजेट पारित हुन दिदैनौं ।’ प्रदेश सरकारले निर्माण गरिरहेको बजेटमा बिचौलियाको बिगबिगी रहेको सुनेकाले सरकारले यस्ता गतिविधि रोक्नुपर्ने माग गरे ।

सरकारले संघीय अनुदान कम आएको र आर्थिक परिसुक घट्दो अवस्थामा रहेका बेला बढी बजेट ल्याइरहेको सुनेकाले आर्थिक भार थप्न खोजेको दाबी गरे । सरकारले भागबन्डा मिलाउनकै लागि मन्त्रालय टुक्रायाउने तयारी गरेकाले त्यो कदमको कांग्रेसले विरोध गर्ने जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज