25.1 C
Kathmandu
Saturday, July 27, 2024

गण्डकीमा ‘फ्लोर क्रस’ गर्नेलाई कारबाहीको प्रक्रिया अगाडि बढ्छ- प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गण्डकीमा फ्लोर क्रस गरेको सांसदलाई कारबाही हुने बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ समारोहमा सहभागी भएर स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्ड विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै गण्डकीमा सांसद फणीन्द्र देवकोटाले संविधान र कानुनको मान्यता र मर्म विपरित फ्लोर क्रस गरेको बताएका छन् ।

माओवादीको चुनाव चिन्ह लिएर जितेका नेपाल समाजवादी पार्टी नेसपाका सांसद देवकोटाले माओवादी संसदीय दलको ह्विपविरुद्ध मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए । उनले विश्वासको मत दिएसँगै पाण्डे नेतृत्वको सरकारले बहुमत पाएको थियो । उक्त विषय माओवादी केन्द्र अध्यक्ष प्रचण्डले कारबाहीको प्रक्रिया अगाडि बढेको बताएका हुन् ।

‘गण्डकीमा जसले संविधान र कानुनको मान्यता र मर्म विपरित फ्लोर क्रस गरेका छन् । स्वभाविक रुपमा पार्टीले ह्वीप जारी गरिसकेको थियो । ह्विप तोड्नेलाई त कारबाही हुन्छ । यो त आम रुपमा बुझिएकै कुरा हो । कारबाहीको प्रक्रिया अगाडि बढ्छ । निलम्बन हुन्छ’, उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज