28.1 C
Kathmandu
Saturday, July 27, 2024

महोत्तरीमा एक युवकमाथि गोली प्रहार सुनको सिक्री र ब्रासलेट लुटपाट

काठमाडौं । महोत्तरीमा एक युवकमाथि गोली प्रहार गरी सुनको सिक्री र ब्रासलेट लुटपाट गरिएको छ ।

महोत्तरीको गौशाला नगरपालिका-११ भरतपुर बस्ने ३० वर्षीय मुरारी भनिने विनय कुमार महतोमाथि मरहा खोलामा आज साँझ ६ बजे गोली प्रहार गरी सुनको सिक्री र ब्रासलेट लुटपाट गरेको महोत्तरीका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कम्मरमा गोली लागेर घाइते भएका उनलाई उपचारको लागि जनकपुर ल्याएको छ । गौशाला बजार जाँदै गर्दा मरहा खोलामा मोटरसाइकलमा आएका दुई हतियारधारी समूहले गोली प्रहार गरी लुटपाट गरेको स्थानीयले बताएका छन् ।

घटनास्थलमा दुईवटा गोली फेला परेको छ । दुई वटा भने फायर भएको पाइएको छ । गोली प्रहरी गर्नेको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज