25.1 C
Kathmandu
Saturday, July 27, 2024

प्रश्नपत्र आउट गराएको आरोपमा टाइम्स कलेजका शिक्षकसहित २ जना पक्राउ

काठमाडौं । डिल्लीबजारस्थित टाइम्स कलेजका शिक्षक सहित दुई जनालाई कक्षा १२ को प्रश्नपत्र आउट गराएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा टाइम्स इन्टरनेशनल कलेजका शिक्षक बागलुङ घर भएका केशव घिमिरे र पाल्पा रिडिकोट घर भएका २४ वर्षीय विकाश ज्ञवाली छन् । ज्ञवाली ट्युसन पढाउँछन् ।

वैशाख १४ देखि २६ सम्म सञ्चालित परीक्षामा उनीहरुले ह्वाट्स एपमा ग्रुप बनाएर प्रश्नपत्र आउट गराएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । उनीहरू विरुद्ध शिक्षा ऐन–२०२८ अन्तर्गतको कसुरमा अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ।
आधा घण्टा अघि प्रश्नपत्र आउट गरेपछि ह्वाट्स एप ग्रुपमा हेरेर विद्यार्थीहरू परीक्षा हलमा प्रवेश गर्ने गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज