24.1 C
Kathmandu
Saturday, July 27, 2024

जसपा नेपालको महाधिवेशन सुरु

काठमाडौं। जनता समाजवादी पार्टी जसपा नेपालको एकताको राष्ट्रिय महाधिवेशन आजबाट जनकपुरधाममा सुरु भएको छ ।

महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष उपेन्द्र यादवले गरेका हुन् । जनकपुरधामको तिरहुतिया गाछीमा जसपा नेपालले सुरु भएको महाधिवेशनमा ठूलो संख्यामा नेता कार्यकर्ता उतारेका छन् ।

महाधिवेशनले तीन दिनसम्म चल्ने पार्टीको नयाँ नेतृत्व चयन गरिनेछ । करिब १३ सय महाधिवेशन प्रतिनिधि सहभागी रहेको छ । महाधिवेशनले अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १, २०१ केन्द्रीय सदस्य र कार्यकारिणी सदस्य निर्वाचित गरिने जसपा नेपालले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज