28.1 C
Kathmandu
Saturday, July 27, 2024

दुर्गा प्रसाईंको बीएण्डसीलाई मेडिकल कलेजलाई सम्बन्धन दिन सिफारिस

काठमाडौं । दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सिफारिस गरिएको छ । सर्वोच्च अदालतको फैसला आएलगत्तै काठमाडौं विश्व विद्यालयले आइतबार चिकित्सा शिक्षा आयोगलाई सिफारिससहितको पत्र पठाएको हो ।

सर्वोच्चले १५ दिनभित्र सम्बन्धन दिनु भनेर परमादेश दिएअनुसार आफूहरूले आयोगलाई पत्राचार गरिएको काठमाडौं विश्व विद्यालय, मेडिकल साइन्स विभागका डीन डा मनोज हुमागाईंले जानकारी दिएका छन् ।
यसअघि समेत पत्राचार भएपनि आयोगले रोकेको बताउँदै उनले अहिले भने सर्वोच्चको परमादेशमै सम्बन्धन दिनु भनेर कडा आदेश भएकाले सोहीअनुसार आफूहरूले सिफारिस गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज