28.1 C
Kathmandu
Saturday, July 27, 2024

गृहमन्त्री लामिछानेलाई लक्षित गर्दै सांसद ढुंगानाको कटाक्ष- सुशासनको घण्टी बजाउनेहरु नै मुलुकमा सुशासनको विरुद्धमा काम गरिरहेका छन्

काठमाडौं- नेपाली कांग्रेसका राष्टिय सभाका सांसद आनन्दप्रसाद ढुंगानाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि लक्षित गर्दै सुशासनको घण्टी बजाउनेहरुले नै मुलुकमा सुशासनको विरुद्धमा काम गरिरहेको समेत आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ढुंगानाले भने प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश सरकारसँग अधिकार बाँडफाँडको विषयमा कुरा नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले प्रदेशलाई अधिकार दिने विषयमा कतिपटक प्रदेश सरकारसँग छलफल गरेकोरु भनेर प्रधानमन्त्री दाहाललाई प्रश्न समेत पनि गरेका छन्। उनले मुलुकमा सुशासन कायम गर्न सरकारसमेत सचेत नभएको आरोप लगाए।

‘म सरकारलाई आग्रह गर्न चाहन्छु–यो सदनले, सदनका माननीयजीहरुले हरेक प्रदेशमा गएर प्रदेशलाई चाहिने ऐन बनाई दिनुपर्छ, अनिमात्रै संघीयता बलियो हुन्छ भनेर प्रतिवेदन दिनुभएको छ। संघीयतालाई बलियो बनाउने गरी सरकारले ऐन बनाओस् भन्ने कुरा म राख्न चाहन्छु । हामी जिम्मेवार भएनौँ। जसले सुशासनका लागि घण्टी बजाएर यो देशमा जितेर आए, त्यही व्यक्तिले सुशासनको विरुद्धमा काम गरिराखेका छन् भनेर हामीले भन्न खोजेका थियौं। यस दिशातर्फ सरकार किन सचेत भईराखेका छैनरु प्रधानमन्त्रीले प्रदेश सरकारका मुख्यमन्त्रीसँग अधिकार बाँडफाँडको विषयमा कति पटक छलफल गरेका छन्रु गरेका छैनन्’ सांसद ढुंगानाले भने ।

सांसद ढुंगानाले निजमती कर्मचारी सेवा ऐन, प्रादेशिक प्रहरी ऐन बनाउनेमा काममा आलटाल गरेको भन्दै सरकारप्रति आक्रोश पनि व्यक्त गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज