28.1 C
Kathmandu
Saturday, July 27, 2024

दिल्लीबाट प्रधानमन्त्री प्रचण्डले भने- मोदीजीले चाँडै नेपाल भ्रमण गर्नुहुन्छ

काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि निम्ता दिएका छन् ।

मोदीको शपथ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भारत पुगेका थिए । दिल्लीस्थित दूतावासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले मोदीसँगको भेट सकारात्मक भएको जानकारी दिएका छन् ।

उनले भने, ‘मैले उहाँले शपथपछि पहिलो भ्रमण नेपालबाट गर्नुपर्‍यो भन्ने कुरा गरें । उहाँले स्वीकार्नुभएको छ । म पहिला नेपाल जान चाहेको पनि बताउनुभयो, तर अहिले जी सेभेनको बैठक इटालीमा भएको हुँदा त्यताबाट फर्केपछि आउँछु भन्नुभएको छ । अब उहाँले चाँडै नेपाल भ्रमण गर्नुहुन्छ ।’

प्रधानमन्त्री प्रचण्डले आफ्नो अघिल्लो पटक भारत भ्रमणको क्रममा भएका सहमति र समझदारीहरु कार्यान्वयनको विषयमा समकक्षीसँग छलफल भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज