25.1 C
Kathmandu
Saturday, July 27, 2024

भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र नवनियुक्त विदेशमन्त्री जयशंकर बिच भेटवार्ता

काठमाडौ। भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतका नवनियुक्त विदेशमन्त्री जयशंकर शिष्टाचार संग भेटवार्ता गरेका छन् । उनीहरूबीच नेपाल–भारतबीच रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको जनाइएको छ ।

प्रधानमन्त्री दाहाल र विदेशमन्त्री जयशङ्करबीच विगतमा दुई देशबीच भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयन बारेमा समेत छलफल भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

प्रधानमन्त्री दाहाल आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन आइतबार नयाँ दिल्ली गएका थिए । भारतीय राष्ट्रपति द्रोपदी मुर्मुले राष्ट्रपति भवनको प्राङ्गणमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री मोदीलाई तेस्रो कार्यकालका लागि पद तथा गोपनीयताको शपथ गराएकी थिइन् । शपथपछि आइतबार साँझ प्रधानमन्त्री मोदीले दाहालसँग भेटवार्ता गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज