24.1 C
Kathmandu
Saturday, July 27, 2024

काठमाडौंको दुई ठाउँमा लाखौँ मूल्य बराबरको धनमाल चोरी

काठमाडौं । काठमाडौंको दुई ठाउँमा लाखौँ मूल्य बराबरको धनमाल चोरी भएको छ । काठमाडौं जिल्लाको टोखा र चन्द्रागिरिमा विभिन्न धनमाल चोरी भएको हो ।

आइतबार साँझ काठमाडौँको टोखा नगरपालिका–५ श्रीटोल डेरा गरी बस्ने स्याङ्जा घर भएकी पुष्पा भण्डारी उपाध्यायको कोठाबाट नगद, सुनका विभिन्न गरगहना, ल्यापटप, मोबाइल गरी करिब २१ लाख ९५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । कोही नभएको अवस्थामा भण्डारीको कोठाको ताला फोडेर धनमाल चोरी भएको हो । उनको कोठाबाट लाखौँ मूल्य बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

उता, चन्द्रागिरि नगरपालिका–४ खरिबोट डेरा गरी बस्ने सरस्वती तामाङको कोठाबाट पनि धनमाल चोरी भएको छ । तामाङको कोठामा कोही नभएको अवस्थामा ढोकाको ताल्चा फोडेर सुनका विभिन्न गरगहना गरी करिब ४ लाख ३७ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीको भनाई छ ।

प्रहरीले चोरीमा संलग्न व्यक्तिहरू फरार रहेका र उनीहरूको खोजी कार्य जारी रहेको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज