28.1 C
Kathmandu
Saturday, July 27, 2024

जनकपुरधाममा जसपा नेपालको महाधिवेशन आजबाट सुरु

काठमाडौं- जनकपुरधाममा जनता समाजवादी पार्टी (जसपा) नेपालको एकताको राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ । महाधिवेशन जेष्ठ ३० गतेसम्म चल्नेछ ।

महाधिवेशन उद्घाटन समारोह आज दिउँसो १ बजे राखिएको छ । १३ सयभन्दा बढी प्रतिनिधि महाधिवेशनमा सहभागी हुने सो पार्टीले जनाएको छ ।महाधिवेशनका लागि जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा विशाल पण्डाल निर्माण गरिएको छ ।

महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न मुलुकका प्रतिनिधि, विभिन्न राजनीतिक पार्टीका नेताहरुको सहभागिता रहनेछ । उद्घाटन सत्रमा सबै दललाई निम्तो गरिए पनि भर्खर विभाजन भएर अशोक राईको नेतृत्वमा बनेको जनता समाजवादी पार्टी ९जसपा० लाई बोलाइएको छैन ।

महाधिवेशनले नयाँ नेतृत्व चयन हुनेछ । पार्टी विभाजन भएकाले अध्यक्षमा पुनः उपेन्द्र यादव दोहोरिने लगभग निश्चित रहेको छ । अध्यक्षबाहेक सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १, २०१ केन्द्रीय सदस्य र कार्यकारिणी सदस्य निर्वाचित गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज