25.1 C
Kathmandu
Saturday, July 27, 2024

आफूमाथि लागेका आरोपहरुको सम्बन्धित ठाउँमा जवाफ दिन्छु- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले आफूमाथि लागेका आरोपहरुको सम्बन्धित ठाउँमा जवाफ दिने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज पत्रकारहरुसंग कुरा गर्दै मन्त्री लामिछानेले विपक्षी नेपाली कांग्रेसले लगाएका आरोपको जहाँ पायो त्यहीँ जवाफ नदिने उनले बताएका हुन् ।

‘जवाफ दिनुपर्छ भनेर प्रतिपक्षले भनेको थाहा भएन । जवाफ दिनुपर्ने ठाउँमा दिँदै आएको हो, दिनुपर्ने भए दिउँला ’मन्त्री लामिछानेले भने, ‘ ‘कारबाही अनुसन्धानको विषय कहाँ पुग्यो भन्ने कुरा त्यसको प्रक्रिया भइरहँदा भन्ने कुरा होइन,’
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाका छोरा सम्भव सिरोहियाले हालै इन्स्टाग्राम भिडियोमा मन्त्री लामिछानेमाथि गरेका टिप्पणीको विषयमा सोधेका प्रश्नको जवाफ पनि उनले दिएनन् ।

उनले पत्रकारहरुलाई अरुका भन्दा आफ्ना प्रश्न सोध्न आग्रह गर्दै थप समय नखर्चिने बताए । ‘अरु प्रश्नहरु पनि छन् होलान् नि साथीहरु,’ उनले भने, ‘तपाईंहरुका आफ्ना प्रश्नहरु पनि भइदिए हुन्थ्यो, कसैले खडा गरिदिएको प्रश्न महिनौंसम्म सोधिरहनु भन्दा‘।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज