28.1 C
Kathmandu
Saturday, July 27, 2024

सरकारप्रति गोविन्द केसीको आरोप- सशस्त्रका पीडितहरुलाई न्याय दिनुको सट्टा मिडियाको मुख थुन्न लागि परे

काठमाडौं । डा गोविन्द केसीले सशस्त्र द्वन्द्वकालीन मुद्दाका पीडितहरुलाई न्याय दिन आफूहरु निरन्तर घच्घच्याइरहेको तर, सरकारले कुनै कदम नचालेको आरोप लगाएका छन् ।

डा केसीले दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिने सर्वोच्चको आदेशमा पनि आपत्ति जनाएका छन् । केसीले सर्वोच्चले फैसलामा पनि माफियाहरुको स्वार्थअनुरुप रहेको बताएका छन् ।

‘उनले भने, सुनियोजित ढंगले अध्यक्ष तथा प्रधानमन्त्रीको हैसियतले प्रचण्ड सबै निर्देशकका पदहरू महिनौँ देखि खाली राखेर चिकित्सा शिक्षा ऐन तथा नियमावली विपरीत र आयोगको स्थापित मूल्य मान्यता र मर्ममा प्रहार हुने गरी पार्टी वफादार भ्रष्ट न्यायाधीशहरूको सहयोगमा माफियाहरूको स्वार्थ पूरा हुने फैसला तथा निर्णयहरू गराउन प्रभावकारी भूमिका निर्वाह गरिरहेका छन्’, ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज