25.1 C
Kathmandu
Saturday, July 27, 2024

६९ जिल्लामा देखीयो डेंगी संक्रमण, उच्च जोखीममा काठमाडौं र झापा

काठमाडौं । देशभरका ६९ जिल्लामा डेंगी संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले ६९ जिल्लामा डेंगी पुष्टि भइ १ हजार १०५ जनामा संक्रमण देखिएको जनाएको छ ।

ईडीसीडीका अनुसार, संक्रमितमध्ये सबैभन्दा धेरै ३४.८ प्रतिशत वाग्मती र २३.९ प्रतिशत कोसी प्रदेशका छन् ।

यो अवधिमा काठमाडौंमा ११२, झापामा १०९, चितवनमा ७३, मकवानुरमा ५८ जना संक्रमित भएको तथ्यांक छ । यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ ।

मुगु, डोल्पा, जुम्ला, बैतडी, मनाङ, मुस्ताङ, सिरहामा भने यो वर्ष हालसम्म डेंगी रेडर्क नभएको ईडीसीडीले जनाएको छ । सन् २०२३ मा नेपालमा ५२ हजार ७०० जनामा डेंगी पुष्टि भएको थियो । डेंगी संक्रमणबाट २० जनाको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज