30.1 C
Kathmandu
Saturday, July 27, 2024

ओलीको दावी- भगवान रामको जन्मभूमि चितवनको माडी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि चितवनको माडी नै भएको बताएका छन् ।

एमाले चितवनको ११औं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथ ग्रहण कार्यक्रममा ओलीले भने ‘शास्त्रमा मज्जासँग लेखेको छ, तर कोही किन बोल्दैन, ‘ कसले बोल्न दिँदैन, पण्डितहरू पनि बोल्दैनन् ।’ओलीले धार्मिक पौराणिक सांस्कृतिक मान्यताका आधारमा रामको जन्मभूमि चितवनको माडी नै भएको दाबी गरेका छन् ।

आफू प्रधानमन्त्री भएको बेला माडीको अयोध्यापुरीमा मन्दिर र मूर्ति बनाएर पठाएको स्मरण गर्दै उनले व्यवस्थित मन्दिर र धामको रूपमा विकास गर्नुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज