25.1 C
Kathmandu
Saturday, July 27, 2024

बालेनलाई ओलीको कटाक्ष- भैँसीको ढाडमा झिँगा बस्यो झिँगा दंग, भैँसीलाई केही फरक पर्दैन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले लगाएको आरोपमा जवाफ फर्काएका छन् ।
आज शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुको प्रश्नमा बालेनलाई लक्षित गर्दै भने, ‘भैँसीको ढाडमा झिँगा बस्यो कि के बस्यो, त्यसले थाहा पनि पाएको हुँदैन, झिँगा दंग परेको हुन्छ, चार लात हानेँ भनेर सोचेपनि भैँसीलाई केही फरक नपर्ने उनको भनाइ छ ।

ओलीले आफू राष्ट्रिय राजनीतिलाई परिपक्व, जिम्मेवार, सभ्य राजनीतिमा लानुपर्छ भन्ने पक्षमा रहेको बताउँदै कसैको अनावश्यक टिप्पणी नगर्ने बताए ।

काठमाडौं महानगरप्रमुख शाहले एमाले अध्यक्ष ओलीले गिरीबन्धु टि स्टेटमा १० हजार करोड भ्रष्टाचार गरेको आरोप लगाएका थिए । बालेनको उक्त आरोपमा एमाले नेता तथा कार्यकर्ताहरुले खण्डण र आलोचना गर्दै आएको भएपनि ओली भने मौन थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज