25.1 C
Kathmandu
Saturday, July 27, 2024

मोरङमा नगरप्रहरीमाथि विद्यार्थी समुहले गरे आक्रमण, ६ जना पक्राउ

काठमाडौं- मोरङमा रंगेली नगरपालिकाका नगररक्षक नगरप्रहरीमाथि विद्यार्थी समुहले आक्रमण गरेको छ । निजी विद्यालयले कानुनविपरीत शुल्क लिइरहेको र शिक्षक छनोटमा मनपरी गरको भन्दै नगरप्रहरीमाथि आक्रमण गरेका हुन् ।
विद्यार्थी समूहको आक्रमणबाट ४ जना नगरप्रहरीहरू घाइते भएका छन् । प्रहरीले आक्रमण गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ
पर्नेमा रंगेली–६ का २३ वर्षीय दीपक यादव, २० वर्षीय राहुल यादव, रुकुम यादव, रंगेली–७ का १८ वर्षीय रमणकुमार राय, रंगेली–८ का १९ वर्षीय विषेक झा र रंगेली–२ का मिलन मिश्र छन् । पक्राउ परेका उनीहरूविरुद्ध अभद्र व्यवहार मुद्दा चलाइने प्रहरीले बताएको छ ।

विद्यार्थीहरूले नगरपालिकामा तोडफोड गरेका छन् । विद्यार्थीको समूहले निजी विद्यालयले कानुनविपरीत शुल्क लिइरहेको र शिक्षक छनोटमा मनपरी गरको भन्दै जेठ १३ गते ज्ञापन पत्र बुझाएको थियो । तर, नगरपालिकाले चासो नदिएपछि विद्यार्थीको समूहले हातपात गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज