28.1 C
Kathmandu
Saturday, July 27, 2024

मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले लिए शपथ

काठमाडौं -मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले शपथ ग्रहण गरेका छन् । जनमत पार्टीका सांसद सिंह आज बिहान मात्रै मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम सिंह मुख्यमन्त्री नियुक्त भएका हुन् । शुक्रबार मध्याह्न प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट उनले शपथ लिएका हुन् ।

प्रदेश प्रमुख भण्डारीले बुधबार नै नयाँ सरकार गठनका लागि बहुमतसहित दाबी पेस गर्न आज बिहान १० बजेसम्मको समय दिएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज