28.1 C
Kathmandu
Saturday, July 27, 2024

सम्भव सिरोहियाले आरोप- सहकारी प्रकरणमा सेटिङ नगर्दा कैलाश सिरोहियाका पक्राउ परे…

काठमाडौं – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरणमा सेटिङ नगर्दा कैलाश सिरोहिया पक्राउ गरिएको कान्तिपुर मिडियाका निर्देशक सम्भव सिरोहियाले आरोप लगाएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

“भ्रम के फैलाइयो भने उहाँको दाइहरूको नागरिकताको क्याटागोरी फरक र उहाँको फरक छ । गृह मन्त्रालयको नियम त गृहमन्त्रीले बुझ्नैपर्ने हो । नौजनामध्येको कान्छा छोरा कैलाश सिरोहिया जन्मिँदा प्राप्त गरिसक्नुभएको थियो तर दाइहरू जन्मिँदा नेपाली नागरिकता प्राप्त गर्नुभएको थिएन । यति सरल कुरालाई के–के न जस्तो हल्लाबाजी गरियो,” उनले भनेका छन् ।

उनले सिडियोसँग भएको नागरिकताको नम्बर मिलेको डकुमेन्ट राष्ट्रिय स्वतन्त्र पार्टीका नेताको हातमा कसरी पुग्यो भनि प्रश्न पनि गरेका छन् । डकुमेन्ट नमागी पक्राउ पुर्जी जारी भएकोमा पनि प्रश्न उनले उठाएका छन् ।

गृहमन्त्री लामीछानेको पनि गोरखा मिडियाको र अर्को डकुमेन्टमा बुवाको नाम फरक भएको सिरोहियाले दावी गरेका छन् ।

कान्तिपुरका मालिक कैलाश सिरोहिया नागरिकता कीर्ते पक्राउ परेका थिए । उनी ९ दिन हिरासतमा बसेर हाजिरी जमानीमा रिहा भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज