25.1 C
Kathmandu
Saturday, July 27, 2024

’पिस एन्ड युनिटी अ म्युजिकल टुर २०२२’ हुने

अप्रीलबाट जुनसम्म हुने यो टुरको सुरुवात जापानबाट हुने पिस एण्ड युनिटिका अध्यक्ष मनिष श्रेष्ठले बताए । जुनमा युरोपका केही देश र जुलाइमा युएसएमा कार्यक्रम भए पश्चात् यो टुरको समापन हुनेछ । जापान, युरोप र युएसएको विभिन्न ठाउँहरुमा कार्यक्रम हुने अध्यक्ष श्रेष्ठले बताए ।

यो टुरका लागि संजय श्रेष्ठ, दीपक बज्राचार्य, एड्रीन प्राधन, मेलिना राई र तृष्णा गुरुङ न्युनतम पारीश्रमिकमा सहमत भएको कार्यक्रमका आयोजक किरण श्रेष्ठले जानकारी गराए । कार्यक्रममा बोल्दै उनले भने-’टुरबाट भएको नाफाको ८०% रकम पिस एण्ड ब्युटिफुल चिल्ड्रेन वेलफेयर नामक संस्थालाई च्यारीटी गरिने भएकाले कलाकारहरुले कम पारीश्रमिकमा आफ्नो प्रस्तुति दिन तयार भएका हुन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज