28.1 C
Kathmandu
Saturday, July 27, 2024

वैदेशिक यात्राको सँगर्स: लघु चलचित्र घरवार सार्वजनिक (भिडियो सहित)

पारिवारिक विषयमा निर्मित लघु चलचित्र घरवार सार्वजनिक भएको छ । पारिवारिक भावनाहरु आखिर कस्तो हुन्छ भन्ने यथार्थ सामाजिक कथा समेटिएको लघु चलचित्र घरबार आज प्रदर्शन भएको छ । लेखक तथा निर्देशक आरबी सानेको कथा तथा निर्देशनमा यो चलचित्र बनेको हो । वैदेशिक रोजगारीमा हुने ठगीको विषय समेत उठान गरेको घरबारमा हिउवाला गौतम, राजन अधिकारी, ज्ञ्यानु विक, कृष्मा खतिवडा, छिरिङ गुरुङ, रतन नेपाली लगाएत कलाकारको मुख्य भुमिका रहेको छ । बाल कलाकारहरु सोयम गौतम र रिवाज फ्याँलको समेत चलचित्रमा मुख्य अभिनय रहेको छ । दुर्गा अफिसियल युट्युव च्यानलमार्फत प्रदर्शनमा आएको लघु चलचित्र घरबारको निर्माता दिपेश पाण्डे रहेका छन् । सह निर्देशन रतन नेपालीको रहेको छ भने यसको सम्पादन शक्ती परियारले गरेका छ्न्, व्यागराउण्ड म्युजिक पूर्ण सम्योग तथा कलरिङ चेतन समतले गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज