25.1 C
Kathmandu
Saturday, July 27, 2024

राधा पियारीको रोमाण्टिक मुडमा देखिए सुधिर र गरिमा

काठमाडौं २६ असोज । मोडल गरिमा शर्मा र मोडल सुधिर श्रेष्ठ एकसाथ फेरी नयाँ म्युजिक भिडियोमा देखिएका छन्। अमेरिकाको ओहायो निवासी  गीतकार गोपाल लोहारको राधा पियारीु मा यो जोडीलाई फिचर्ड गरिएको छ। यस गीतमा वरिष्ठ संगीतकार तथा गायक वसन्त सापकोटा र चर्चित गायिका मेलिना राईको युगल गायन समावेश छ । स्वयम् वसन्त सापकोटाले संगीतवद्द गरेको गीतलाई नरेन्द्र वियोगीले संगीत संयोजन गरेका हुन्।

कमेडी फ्लेवरमा प्रस्तुत गरिएको म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र गरिमा शर्मा बीचको अन्स्क्रिन  प्रेम र रोमान्स देख्न सकिन्छ। सन्तोष राजबहाकले कोरियोग्राफी गरेको भिडियोमा उत्सव  दहालले छायांकन रहेको छ। भिडियोलाई विकाश दहालले सम्पादन गरेका हुन्।

काजी लिम्बु र श्याम लामाको सयुक्त निर्देशनमा भिडियो तयार पारिएको हो। भिमा लोहार प्रस्तुतकर्ता रहेको यस भिडियोलाई गोलो प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।  दशैँ को कोसेली स्वरूप प्रस्तुत भिडियोलाई हेरेर प्रतिक्रिया दिन निर्माण टिमले सबैलाई आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज