28.1 C
Kathmandu
Saturday, July 27, 2024

खप्तडमा छायांकन भएको जीवन फुल्ने मेरो लहरा म्युजिक भिडियो सार्वजनिक

काठमाडौं १७ असोज । सुदुरपश्चिमको पर्यटकीय क्षेत्र खप्तडमा छायांकन भएको जीवन फुल्ने मेरो लहरा हो केवल तिमी हौ, भर दिने मेरो पहरा हो केवल तिमी हौ बोलको म्युजिक भिडियोको सार्वजनिक भएको छ । एक महिना अघि सुटिङ भएको चार मिनेट लामो सो म्युजिक भिडियोमा मोडेल पल शाह र गरिमा शर्माले अभिनय गरेका छन् । सो म्युजिक भिडियो आइतबार युट्ववमार्फत सार्वजनिक गरिएको हो ।

राजकुमार र राजकुमारीको प्रेमलिला हेर्न मिल्ने सो म्युजिक भिडियोले मोडल, पर्यटकीय क्षेत्र, शब्द र लयका कारण अत्याधिक दर्शकको माया पाउने विश्वास गायक सुनिल गिरीको छ । सो गीतमा गिरी र डा.त्रिशला गुरुङको स्वर रहेको छ । गीतको शव्द र संगित पनि गायक गिरीकै रहेको छ भने म्युजिक भिडियोको छायांकन र निर्देशन अनिल के मानन्धरले गरेका छन् ।

भर्जिनल्याण्डकारुपमा रहेको खप्तडको राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पर्यटन प्रवद्र्धन उद्धेश्यले समेत सो क्षेत्रमा छायांकन गरिएको गायक गिरीको भनाइ छ ।खप्तड पुग्न निक्कै कठिन छ तर हामीले निर्माण गरेको म्युजिक भिडियो हेरेपछि गएकालाई थकाई र दुःख विर्साउने छ भने नगएकालाई खप्तड जाउजाउ भन्ने लाग्ने छ सुटिङबाट फर्किएपछि मोडेल पल शाहले प्रतिक्रिया दिएका थिए ।

१० दिन लगाएर सुटिङ गरिएको सो गीतको छायांकनमा १५ लाख खर्च भएको म्युजिक भिडियोका निर्माता समेत रहनु भएका गायक सुनिल गिरीले बताए ।गायक गिरी १२ जना काठमाडौ र १० जना बझाङबाट लिएर गत भदौ २५ गते खप्तड पुगेका थिए ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज