25.1 C
Kathmandu
Saturday, July 27, 2024

सामाजिक कार्यमा सक्रियता बढाउँदै दोहोरी गित प्रतिष्ठान पर्वत,दोबिल्लाका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

पर्वत । लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वतले शैक्षिक सामाग्री वितरण गरेको छ । शाखाको छैठौँ अधिवेशनको अवसरमा आयोजित साताव्यापी कार्यक्रम अनुसार आज चौथो दिन मोदि गाउँपालिका वडा नं ६ दोविल्लामा रहेको हरि प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाइ सामाग्री वितरण गरेको हो । विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्माका १२ जना विद्यार्थीहरुलाइ झोला सहित अन्य शैक्षिक सामाग्री वितरण गरेको अध्यक्ष दिपक गदालले जानकारी दिनुभयो । उहाँले सदरमुकाम नजिकै भए पनि भौगोलिक अवस्थाले दुर्गम मानिएको विद्यालयको शैक्षिक गुणस्तर बढाउँन यस कार्यले मद्दत पुर्याउने बताउँनुभयो ।


कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम मोदी गाउँपालिकाका अध्यक्ष हिरा देवि शर्माले लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वतले शैक्षिक क्षेत्रमा गरेको यो कार्य सह्रानिय रहेको बताउनुभयो । उहाँले पछिल्लो समय कलाकारितामा बालबालिकाको आकर्षण बढ्दै गहिरहेको बताउँदै उनिहरुको इच्छा अनुसारको प्रतिभा प्रस्फुटन गर्न दिनुपर्ने बताउनुभयो । शर्माले बालबालिकाहरु कलिलो माटो भएकाले उनीहरुलाइ राम्रोसंग मलजल गर्नु पर्ने बताउँदै यसका लागि राम्रोसंग रेखदेख गर्न शिक्षक अभिबाकलाइ अनुरोध गर्नुभयो । उहाँले मोदि गाउँपालिकामा शैक्षिक गुणस्तर बढाउन लागि परिरहेको बताउनुभयो ।

कार्यक्रममा मोदी गाउँपालिका वडा नं ६ का अध्यक्ष दिपेन्द्र जंग लामिछाने,मोदी गाउँपालिकाका शिक्षा अधिकृत झक प्रसाद गौतम,हरि प्रथामिक विद्यालयका प्रअ सीता पौडेल, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य देवि लामिछाने, लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकी प्रदेशका दितिय उपाध्यक्ष आरसी पौडेल लगायतले मनतव्री राख्नुभएको थियो
लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वत शाखाका अध्यक्ष दिपक गदालको अध्यक्षतामा समपन्न कार्यक्रममा स्वागत शाखाका बरिष्ठ उपाध्यक्ष पुजा कार्किले र सञ्चालन स-सचिव सुदिप क्षेत्रीले गर्नुभएको थियो ।
शाखाले मंसिर २४ गते अधिवेशनको मुल समारोह रहनेगरी त्यस अघि विभिन्न समाजिक तथा मनोरञ्नात्मक कार्यक्रम गरिहेको छ । पहिलो दिन गुप्तेश्वर बेदविदाङ पाठशालामा बटुकहरुलाई खाद्यान्न वितरण,दोस्रो दिन पर्वत कारागारका कैदीबन्दीहरुलाई बाद्ययवादनका सामाग्री प्रदान र हिजो तेस्रो दिन लोक गित प्रतियोगिता आयोजना गरेको थियो भने भोली २२ गते मोदीबेणि बृदाआश्राममा फलफुल बितरण, २३ गते समाज कल्याण आधारभूत बिद्यालय जलजला र समिक्षा गर्ने २४ गते ११ बजे अधिवेशन उद्घाटन हने अध्यक्ष गदालले जानकारी दिनुभयो ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज