दोहोरी गित प्रतिष्ठान पर्वतको आयोजनामा कटुवाचौपारीमा लोक गित प्रतियोगिता समपन्न !

104

पर्वत । लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वत शाखाले आयोजना गरेको विद्यालय स्तरिय लोक गित प्रतियोगिता सम्पन्न भएको छ । शाखाको छैठौँ अधिवेशनको अवसरमा आयोजित साताव्यापी कार्यक्रम अनुसार आज तेस्रो दिन प्रतियोगिता कुश्मा नगरपालिका ९ कटुवाचौपारी स्थित जनप्रिय आधारभुत विद्यालयको प्राङगणमा सम्पन्न भएको हो ।

प्रतियोगितामा प्रावि स्तरका विद्याथीहरुको सहभागिता रहेको थियो । कुश्मा नगरपालिका वडा नं ८ र ९ का गरी ६ समुहको सहभागिता रहेको प्रतियोगितामा सार्वजनिक माध्यमिक विद्यालय प्रथम, जनक माध्यमिक विद्यालय द्धितिय, गायत्री प्रा.वि तृतिय र पुर्णेश्वर माध्यमिक विद्यालय सानत्वना भएका छन् । विजयी समुह र सहभागी समुहहरुलाई मंसिर २४ गते अधिवेशनको मुल समारोहमा आकर्षक पुरस्कार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष दिपक गदालले जानकारी दिनुभयो । उहाँले धेरै संघ संस्थाहरुले आयोजना गर्ने कार्यक्रमहरु सदरमुकाम केन्द्रित हुने बताउँदै आफुहरुले यो कार्यक्रम गाउँघरमा लुकेर रहेका प्रतिभाहरुलाइ बाहिर ल्याउँन गाउँ भेगमा गरिएको बताउँनुभयो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम कुश्मा नगरपालिकाका उप—प्रमुख स्वस्थानी रिञ्जालले यस्ता कार्यक्रमहरुले बालबालिकामा लुकेर रहेका प्रतिभा प्रस्फुटन गराउँन टेवा पुर्याउँने बताउँनुभयो । उहाँले लोक गित लोक संगित नेपालीहरुको नशा—नशामा बगेको बताउँदै यसको संरक्षण र प्रवद्र्धनमा प्रतिष्ठानले खेलेको भुमिका प्रशांसनिय रहेको बताउँनुभयो । उहाँले पछिल्लो समय लोक गित संगितमा पनि विकृति आउँन थालेकोमा चिन्ता व्यक्त गर्दै लोक संस्कृति बचाउँन बेला बेला यस्ता मौलिक प्रतियोगिता गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा कुश्मा नगरपालिका वडा नं ९ का वडासदस्य प्रकाश श्रेष्ठ, प्रतिष्ठानका सल्लाहकार कृष्ण अखेली, लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकी प्रदेशका द्धितिय उपाध्यक्ष आरसी पौडेल, जनप्रिय आधारभूत विद्यालयका प्रअ एवम प्रतिष्ठानका सहकोषाध्यक्ष कमला देवी शर्मा, रेडक्रस उपशाखा कटुवाचौपारीका सभापति दडपाडी पौडेल, प्रतियोगितामा सहभागि विद्यालयहरुको तर्फबाट शिक्षक पार्वती उपाध्य लगायतले मनतव्य राख्नुभएको थियो । कार्यक्रममा लोक दोहोरी गायक एवम प्रतिष्ठानका संस्थापक अध्यक्ष चित्र सागर श्रेष्ठ, सह—सचिव एवम गायक सुदिप क्षेत्री लगायतले सांगितिक प्रस्तुति राख्नुभएको थियो भने स्थानिय पार्वती आमा समुहले विशेष रत्यौली गित प्रस्तुत गरेको थियो ।
लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वत शाखाका अध्यक्ष दिपक गदालको अध्यक्षतामा समपन्न कार्यक्रममा स्वागत शाखाका बरिष्ठ उपाध्यक्ष पुजा पौडेलले र सञ्चालन सचिव सन्तोष सुवेदीले गर्नुभएको थियो ।

शाखाले मंसिर २४ गते अधिवेशनको मुल समारोह रहनेगरी त्यस अघि विभिन्न समाजिक तथा मनोरञ्नात्मक कार्यक्रम गरिहेको छ । पहिलो दिन गुप्तेश्वर बेदविदाङ पाठशालामा बटुकहरुलाई खाद्यान्न वितरण गरिएको थियो । यस्तै हिजो पर्वत कारागारका कैदीबन्दीहरुलाई बाद्ययवादनका सामाग्री प्रदान गरेको थियो भने भोली २१ गते हरि प्राथमिक विद्यालय दोबिल्लामा स्टेसनरी सामाग्री बितरण, २२ गते मोदीबेणि बृदाआश्राममा फलफुल बितरण, २३ गते समाज कल्याण आधारभूत बिद्यालय जलजला र समिक्षा गर्ने २४ गते ११ बजे अधिवेशन उद्घाटन हने अध्यक्ष गदालले जानकारी दिनुभयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here