25.1 C
Kathmandu
Saturday, July 27, 2024

तिब्बती शरणार्थीको यथार्थ तस्विर हो ‘दुङाल’

काठमाडौं १३ कात्तिक । आख्यानकार मालिका केशरीद्वारा लिखित उपन्यास दुङालमाथि अन्तरसंवाद सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघको सभाहलमा  शुक्रबार भएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुले उपन्यास दुङालले उठान गरेको विषयबस्तुमाथि छलफल गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका पूर्वआयुक्त मोहना अन्सारीले लेखकले उपन्यास भित्रका पात्रहरुलाई न्याय गरेको बताए । उनले भने,‘हरेक व्यक्तिलाई आफ्नो भूमि,भाषा,संस्कृतिको माया हुने भन्दै यस उपन्यासले तिब्बती शरणार्थीको मुद्दालाई उठान गरेको स्मर्ण गराए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले नेपालले तिब्बती शरणार्थीका बारेमा बिर्सिसकेको भन्दै यस उपन्यासले तिब्बतीको समस्या समेटेको बताए । उनले भने,‘तिब्बती शरणार्थीको समस्या राजनीतिक समस्या भएतापनि यसलाई राजनीतिको आँखाबाट मात्र होइन मानविय आँखाबाट पनि हेरिनु आवश्यक छ ।

दुङाले तिब्बती समस्यालाई मानवीय समस्याको रुपमा र्हेन प्रेरित गरेको छ । हिमालयन बुद्धिजम अन्वेषक डा.रमेश ढुंगेलले तिब्बती शरणार्थीको मुद्दा पछिल्लो समय नेपालमा हराउदै गएको अवस्थामा यस कृतिले केहीहदसम्म शरणार्थीको मुद्दालाइ उजागर गरेको बताए । उनले भने,‘दुङाललाई आधुनिकताबादमा परम्परा र इतिहासको संमिस्रण रहेको बताए ।

कार्यक्रममा टिएन भट्टले यस उपन्यासले शरणार्थी बन्नुपर्दाको पीढा साथै मानविय संवेगलाइ स्पष्ट पुस्तकमा उतारिएको दाबी गरे । पत्रकार एवं समिक्षक राजकुमार बाँनियाले नेपालमा तिब्बती विषय चिन विरोधी रुपमा लिने गरिएको भएतापनि यस उपन्यासले नितान्त मानविय संवेग र प्रेमलाई समेटेको बताए ।

कार्यक्रममा तिब्बती शरणार्थी एंव पाठक टासी छिरिङले उपन्यासले यथार्थमा आफ्नो कथा समेटेको बताउदै पहिचान र राष्ट्र विहिन हुँदा धेरै समस्या झल्नुपरेको उनको भनाई थियो । सांग्रील बुक्सद्धारा प्रकाशित दुङालको मुल्य चारसय चौरासी रुपैयाँ रहेको छ । केशरीको दुङाल तेस्रो उपन्यास रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज