28.1 C
Kathmandu
Saturday, July 27, 2024

काठमाडौंमा २१ वर्षीया युवतीमाथि बलात्कार

काठमाडौं १३ कात्तिक । काठमाडौँमा २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका १५ डल्लु धुम्बाखेल डेरा गरी बस्ने कालिकोट तिलगुफा नगरपालिका ११ घर भएका ३१ वर्षीय नारायण शाहीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । युवतीलाई शाहीले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उता पर्सामा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारा कलैया उपमहानगरपालिका(२१ बस्ने ३८ वर्षीय जाहिर अन्सारीलाई वीरगंज महानगरपालिका ८ बाट बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । उच्च शिक्षाको लागि वीरगंज आएकी ती किशोरीलाई जाहिरले आफ्नो परिचय ढाँटी अविवाहित रहेको भन्दै झुक्यानमा पारी प्रेम सम्बन्ध गाँसेका थिए ।

युवती विवाह गर्ने प्रलोभन समेत देखाई २ वर्षदेखि वीरगंजका विभिन्न स्थानमा पटकपटक करणी गरी अश्लील फोटो र भिडियो खिचेर राखेका थिए ।

गत असोज २७ गते उक्त फोटो र भिडियो देखाई डरत्रास देखाई पुनस् जबरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी उपर जबरजस्ती करणी सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज