28.1 C
Kathmandu
Saturday, July 27, 2024

आजको पेट्रोल, डिजेल र ग्यासको मूल्यसूची

काठमाडौं २ कात्तिक । नेपाल आयल निगमले मङ्गलबारका लागि पेट्रोल, डिजेल र ग्यासको मूल्यसूची सार्वजनिक गरेको छ ।

जसअनुसार सोमबार काठमाडौँमा पेट्रोल प्रतिलिटर एक सय ३० रुपैयाँ, वीरगन्जमा प्रतिलिटर एक सय २८ रुपैयाँ पाँच पैसा, सुर्खेतमा प्रतिलिटर एक सय ३० रुपैयाँ, दिपायलमा प्रतिलिटर एक सय ३० रुपैयाँ, पोखरामा प्रतिलिटर एक सय २९ रुपैयाँ पाँच पैसा, दाङमा प्रतिलिटर एक सय २९ रुपैयाँ पाँच पैसा, विराटनगर, महेन्द्रनगर, धनुषा, अमलेखगन्ज, नेपालगन्ज, धनगढीलगायत बजारमा प्रतिलिटर एक सय २८ रुपैयाँ पाँच पैसामा कारोबार भइरहेको निगमले जनाएको छ ।

यस्तै, डिजेल विराटनगर, महेन्द्रनगर, धनुषा, अमलेखगन्ज, नेपालगन्ज, धनगढीलगायत बजारमा प्रतिलिटर एक सय ११ रुपैयाँ पाँच पैसा, पोखरा, दाङलगायत बजारमा प्रतिलिटर एक सय १२ रुपैयाँ पाँच पैसा, सुर्खेत, दिपालय, काठमाडौँलगायत बजारमा प्रतिलिटर एक सय १३ रुपैयाँ, वीरगन्जमा प्रतिलिटर एक सय ११ रुपैयाँ पाँच पैसा रहेको नेपाल आयल निगमले जनाएको छ ।

यस्तै, ग्यास काठमाडौँमा एक हजार चार सय ४५ रुपैयाँ, वीरगन्जमा एक हजार चार सय ३० रुपैयाँ, सुर्खेत, दिपायल, पोखरा, दाङमा एक हजार चार सय ४५ रुपैयाँ र विराटनगर, महेन्द्रनगर, धनुषा, अमलेखगन्ज, नेपालगन्ज, धनगढीलगायत बजारमा एक हजार चार सय ३० रुपैयाँ रहेको आयल निगमले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज