28.1 C
Kathmandu
Saturday, July 27, 2024

राष्ट्रिय खेलकुद परिषद्का सचिव सिलवाल बर्खास्त

काठमाडौं १ कात्तिक । नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । ‘सरकारले स्पष्टीकरण सोधेकोमा चिक्त बुझ्दो जवाफ नआएपछि उनलाई बर्खास्त गर्ने निर्णय गरिएको हो,’ ती मन्त्रीले भने ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा सिलवाल सदस्य सचिवमा नियुक्त भएका थिए । मदन भण्डारी स्पोर्ट्स फाउन्डेसनका संस्थापक अध्यक्ष रहेका गोल्डेन गेट कलेजको प्रमुख कार्यकारी अधिकृत सिइओ पनि हुन् । सिलवाल नेपाल क्रिकेट संघ ९क्यान० लाई आईसीसीले निलम्बन गर्नु अघि राखेपद्वारा गठित क्यान तदर्थ समितिका संयोजक समेत भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज