30.1 C
Kathmandu
Saturday, July 27, 2024

राप्रपाले जनताको धार्मिक भावनाको राजनीतिक दोहन गरेर शक्तिमा फर्किन चाहेको अध्यक्ष यादवको आरोप

काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले राप्रपाले जनताको धार्मिक भावनाको राजनीतिक दोहन गरेर शक्तिमा फर्किन चाहेको उनको आरोप लगाएका छन् ।
पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा उपेन्द्रले यस्तो बताएका हुन् ।

अध्यक्ष उपेन्द्र यादवले भने मह󠄍ेन्द्रीय राष्ट्रवादको पैरवी गर्ने राप्रपा धारले बेला–बेलामा कांग्रेस–कम्युनिष्टको असक्षमताको धमिलो पानीमा माछा मार्ने प्रयत्न गर्दछ’

राप्रपाले राजतन्त्र फर्किने हल्ला गरेपनि नेपाली जनताको लामो सङ्घर्ष र ठूलो बलिदानको मूल्यमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएकाले राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको बताएका छन् ।

राप्रपाले छर्ने आवश्यक भ्रमलाई चिर्न जसपा नेपाल निरन्तर चनाखो रहनुपर्ने उनको निश्कर्ष छ । उनले राप्रपा पुराना शासकवर्ग र परिवार, राणा, शाह र पञ्चायती शासनका हर्ताकर्ता, पञ्चहरूको राजनीतिक रक्षा कवचका रूपमा उदय भएको पार्टीको रुपमा चित्रण गरेका छन् । राप्रपाले जनताको धार्मिक भावनाको राजनीतिक दोहन गरेर शक्तिमा फर्किन चाहेको उनको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज