25.1 C
Kathmandu
Saturday, July 27, 2024

गण्डकीमा प्राडो पजेरो काण्डको दोस्रो रूप देखिएको एमाले नेता खगराज अधिकारीको टिप्पणी

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले प्राडो पजेरो काण्डको दोस्रो रूप गण्डकीमा देखिएको टिप्पणी गरेका छन् ।

सोमबार माओवादीको चुनाव चिह्नबाट निर्वाचित नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाए । देवकोटाले फ्लोर क्रस गरेपछि एमाले प्रदेश सांसदहरूले नाराबाजी समेत गरेका थिए ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले संसदीय दलका नेता अधिकारीले कांग्रेसलाई सत्ता बाहेक केही नचाहिएको बताए । शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला संसद्‌मा प्राडो पजेरो काण्ड भएको भन्दै उनले भने, ‘त्यसको दोस्रो रूप यहाँ देखियो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज