24.1 C
Kathmandu
Saturday, July 27, 2024

गृहमन्त्रीले आरजूलाई भने -हामी एकै ठाउँमा उभिनसक्ने ठाउँ पनि रहेछ नि

काठमाडौं । प्रतिनिधिसभा अन्तरगत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा आज उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि सहभागी भएका छन् । । समितिको बैठकमा गाँजालाई वैधानिकता दिने सरकारको नीतिबारे छलफल भएको छ ।

समितिको सभापतिमा कांग्रेस नेत्री आरजू राणा देउवा रहेकी छन् । पछिल्लो समय सहकारी प्रकरणको विषयले कांग्रेस र रास्वपाको दूरी बढेको बढेको थियो । कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेको दाबी गरेपछि अहिले संसदीय छानबिन समिति गठन गरेर त्यसले काम
अगि बढेको छ ।
‘सभापतिज्यू कतिपय ठाउँमा त हामी एकै ठाउँमा उभिनसक्ने ठाउँ पनि रहेछ नि गृहमन्त्री लामिछानेले आरजूतर्फ हेर्दै भने, । भनिन्छ नि सबै एकै ठाउँमा उभिएको जस्तो समितिको बैठक यहाँ पक्ष र विपक्ष रहेन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज