25.1 C
Kathmandu
Friday, July 26, 2024

पर्वतमा ७५ जना मोतियाविन्दु भएका वृद्धवृद्धाको सफल सल्याक्रिया

पर्वत । वृद्धवृद्धाहरुका लागि पर्वतमा सञ्चालन भएको निःशुल्क मोतियाविन्दु शल्याक्रिया शिविर सम्पन्न भएको छ । दुई दिन सम्म पर्वत अस्पातालको परागणमा सञ्चालित शिविरमा ७५ जना वृद्धवृद्धाहरुको शल्याक्रिया गरिएको छ ।

लायन्स क्लव अफ पर्वत भूमेकोटको आयोजनामा र हिमालय आँखा अस्पताल पोखरा, पर्वत अस्पताल कुश्मा र लायन्स आँखा उपचार केन्द्र कुश्माको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो। मंसिर १६ गते देखी १८ गते सम्म जिल्लाका विभिन्न ठाउँमा शिविर सञ्चान गरी मोतियाविन्दु परिक्षण गरिएको थियो । परिक्षणमा सल्याक्रिया गर्नुपर्ने ८५ जना वृद्धवृद्धालाई सिफारिस गरिए पनि कसै—कसैमा प्रेसर,सुगर बढी भएकाले ७५ जनाको मात्र शल्याक्रिया हुनसकेको लायन्स क्लव अफ पर्वत भूमेकोटका अध्यक्ष ज्ञानेन्द्र कुमार जोशीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज