25.1 C
Kathmandu
Saturday, July 27, 2024

महाशिला गाउँपालिकामा डिजिटल एक्स—रे सेवा सञ्चालन

पर्वत । जिल्लाको महाशिला गाउँपालिका वडा नं ५ लुंखुमा रहेको महाशिला आधारभूत अस्पतालमा डिजिटल एक्स—रे मेशिन सञ्चालनमा ल्याइएको छ । पुरानो प्रविधिलाई विस्तापित गर्दै महाशिला गाउँपालिकाको १८ लाख लागतमा नयाँ प्रविधियुक्त डिजिटल एक्स—रे मेशिन सञ्चालनमा ल्याइएको हो । डिजिटल एक्स—रे सेवा शुरु भएसंगै यहाँका स्थानिय बाहिर जानुपर्ने बाध्यता हटेको छ । मेशिन चलेपछि एक्स—रे जुनसुकै समयमा पनि गर्न सकिने महाशिला गाउँपालिकाका स्वास्थ्य प्रमुख नर बहादुर बरालले बताउँनुभयो । बारालले मेशिनले २ मिनेटमा नै रिर्पोट दिने भएकाले सेवाग्राहीले घण्टौ कुर्ननपर्ने बताउँनुभयो ।

यसअघि सानो क्षमताको एक्स–रे मेसिनमार्फत सेवा प्रवाह गर्दै आएकोमा डिजिटल एक्स–रे मेसिनले एक्स–रेसम्बन्धी सेवा सरल र सहज बनाउँने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम वडा नं ५ का अध्यक्ष चन्द्र मल्लले बताउँनुभयो । साथै उहाँले स्थानिय बासीलाई सर्वशुलभ रुपमा स्वास्थ्य सेवा प्रवाह गर्न एक्स—रे शुल्क ७ सयबाट घटाएर ५ सय बनाएको जानकारी दिनुभयो ।

जिल्ला अस्पताल पछि यो मेशिन पहिलो पटक महाशिला गाउँपालिकामा जडान गरिएको हो । महाशिला गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरउन्नती गरी १५ शैयाको अस्पताल सञ्चालन गरेको छ र नयाँ भवनको भार्लेडाडमा निर्माण कार्य भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज