30.1 C
Kathmandu
Saturday, July 27, 2024

नागरिक उड्डयनको महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीलाई

काठमाडौं ६ असोज। राजन पोखरेलले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदबाट राजीनामा दिएपछि राजकुमार क्षेत्री निमित्त महानिर्देशक बनेका छन् । १२ औं तहका क्षेत्री प्राधिकरणमा उपमहानिर्देशक थिए । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बरिष्ठताको आधारमा निमित्त महानिर्देशकको जिम्मेवारी दिएको क्षेत्रीले बताए ।

अनिवार्य अवकास पाउने तयारीमा रहेका पोखरेलले मंगलबार साँझ पदबाट राजीनामा दिएका थिए । राजकुमार क्षेत्रीसँग हवाई उड्डयन क्षेत्रमा ३४ वर्ष सेवा गरेको अनुभव छ ।

उनी २०७४ माघदेखि २०७६ असोजसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रवन्धक पदमा कार्यरत थिए । उनीसँग एएनएस डिपार्टमेन्ट, इन्जिनियरिङ निर्देशनालय लगायतमा काम गरेको अनुभव पनि छ ।त्रिभुवन विमानस्थलमा रहँदा राम्रो काम गरेको भन्दै विभिन्न संस्थाहरुले आफूलाई सम्मानसमेत गरेको क्षेत्री बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज